यूएईसँगको श्रम सम्झौता नवीकरण, शून्य लागतमा जान पाइने


 


दैलेख, जेठ ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) आफ्नो पैतृक थलो दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँमा पुगेका छन् ।

कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दह गाउँ पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानद्धारा निर्मित कुल शिरोमणि दाशुको पूर्णकदको प्रतिमा (शालिक) अनावरण गरेका छन् । दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा पूर्णकदको प्रतिमा (शालिक) स्थापना गरिएको हो ।

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तिर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य राखिएको छ ।

सोही अवसरमा प्रधानमन्त्री प्रचण्डलाई अभिनन्दन समेत गरिएको छ । दह गाउँ कुल शिरोमणि दाशुको सुरुको बसोबास रहेको स्थान हो । दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरु दाशुका सन्तति हुन् ।

दाशुको प्रतिमा जेठ २५ गते काठमाडौंबाट देवघाट, नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ्ग, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्‍याइएको थियो।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्