शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, भोलि आउला आदेश ?


 


काठमाडौं, जेठ ३२ । नक्कली भुटानी शरणार्थीप्रकरणमा पक्राउ परेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी १८ तर्फबाट कानुन व्यवसायीहरूले बहस सकेका हुन् ।

प्रतिवादीको तर्फबाट बहस सकिएपछि शुक्रबार सरकारी पक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले भोलि २ बजे अगावै बहस सक्न सरकारी वकिललाई निर्देशन दिएकाले अभियुक्तहरू पुर्पक्षका लागि थुनामा पठाउने वा नपठाउने भन्ने आदेश दिन सक्छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना पक्राउ गर्दैर ३० जनालाई अभियोग पत्र दायर गरिएको थियो । जसमध्ये १२ जना अझै फरार छन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्