कोशी प्रदेश सरकारले ल्यायो ३६ अर्ब २४ करोड ३५ लाखको बजेट


 


काठमाडौं, जेठ ३२ । कोशी प्रदेश सरकारलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ ।

अर्थ मन्त्रालयसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत् बजेट ल्याएका हुन् ।

आर्थिक मामिला मन्त्रालयको सभाहलमा कार्कीले सार्वजनिक गरेको बजेटमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार छ । पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार हुँदा वित्तीय व्यवस्थापन एक अर्ब रहेको छ ।

त्यस्तै, स्थानीय तहको अनुदानमा ३ अर्ब ६० करोड २९ लाख रकम विनियोजन गरेको हो । अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बजेट प्रस्तुत गर्ने कार्यक्रममा प्रतिपक्ष दलहरु भने सहभागी भएका थिएनन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्