६ वटा प्रदेश सरकारले आज बजेट ल्याउँदै


 


काठमाडौं, असार १
कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै छन् ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

मधेश प्रदेशलेआगामी आर्थिक वर्षका लागि ४० अर्बहाराहारीको बजेट ल्याउने तयारी गरेको छ  । बागमतीले पनि चालू आवको भन्दा सानो आकारको बजेट ल्याउने भएको छ । यस्तै गण्डकी प्रदेश सरकारले ०८०/८१ का लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउँदै छ ।

लुम्बिनीमा आगामी आर्थिक वर्षका लागि करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । सबैभन्दा सानो आकारको बजेट ल्याउने कर्णाली प्रदेशले यो वर्ष पनि ३० अर्ब ननाघ्ने गरी बजेटको तयारी गरिरहेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले चालु आवको भन्दा करिब १५ प्रतिशत सानो आकारको बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्