आज प्रतिनिधि सभामा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने


 


काठमाडौं, असार १
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ ।

यी मन्त्रालय सम्बन्धी विभिन्न प्रस्तावहरू पनि पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटउपर छलफल गरिएको थियो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्