कडा सुरक्षाकाबीच बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाउन सुरु


 


काठमाडौं, असार १
काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ ।

महानगरपालिकाले आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाएको हो । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ ।

नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् । यत्रतत्र छरिएर रहेका टिकट बुकिङ काउन्टरहरुलाई निश्चित स्थानमा केन्द्रीत गरी व्यवस्थित गर्नका लागि महानगरपालिकाले कार्यदल पनि बनाएको छ ।

जगतमान श्रेष्ठको संयोजकत्वमा बनेको १४ सदस्यीय कार्यदलले यात्रुहरु चढाउने र ओराल्ने स्थानको ठेगान पनि सोही कार्यदलले तय गर्ने जनाइएको छ ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्