महिला हवल्दारसँग गुड फ्राइडे मनाऔं भन्ने एसएसपी पाललाई कारबाही गर्न सिफारिस


 


कैलाली, असार १
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि कारबाही सिफारिस भएको छ ।

प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पाललाई कारबाहीका लागि सुदूरपश्चिम प्रहरीले प्रहरी प्रधान कार्यालयमा पठाएको हो ।

स्रोतका अनुसार सुदूरपश्चिम प्रहरीले प्रारम्भिक छानबिन गरी पालमाथि कारबाही गर्न प्रतिवेदन प्रहरीप्रधान कार्यालय पठाएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्यामसिंह चौधरी नेतृत्वको छानबिन समितिले घटनामा एसएसपीले दुव्र्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको बताइएको छ ।

उनीमाथि गत जेठ १९ गते बिदामा जान लागेकी एक महिला हवल्दारलाई आफ्नो नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर कञ्चनपुरस्थित निवासमा बोलाएर यौन दुव्र्यवहार आरोप छ ।

बिदामा घर जान लागेकी सहायक हवल्दारलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुव्र्यवहार गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको थियो । एसएसपी पाललाई सोही दिन नै जिम्मेवारीबाट हटाएर छानबिन सुरु भएको थियो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्