साढे ४ किलो गाँजासहित भक्तपुरबाट एक जना पक्राउ


 


काठमाडौं, असार १ । भक्तपुरबाट प्रहरीले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

ृउनका अनुसार बिहीबार राति मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा ४ किलो ५२० ग्राम गाँजा फेला परेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्