तुलसीपुरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु


 


दाङ, असार १ । दाङ–सल्यान सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना मुत्यु भएको छ।

दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप राप्ती राजमार्गको तुलसीपुर उपमहानगरपालिका ३ रामी नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाएते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लका अनुसार एक जनाको मृत्यु भएको पुष्टी भएको छ भने ६ जनाको अवस्था गम्भीर रहेको छ।

जसमा ३ जनालाई जिल्ला बाहिर रिफर गरिएको छ। घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्