नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक आदेश आजै


 


काठमाडौं, असार १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रबार) सरकारी वकिलको तर्फबाट जवाफी बहस जारी छ। मुद्दामा आरोपीका तर्फबाट हिजो बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरू भएको हो।

अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले जवाफ दिने र त्यसका लागि १ बजेसम्मको समय तोकिएको जिल्ला अदालत काठमाडौंका वैतनिक वकिल शंकर पौडेलले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतमा आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरे, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गर्नेछन्।

जवाफी बहस सकिएसँगै आजै साँझसम्ममा थुनछेक आदेश आउने जिल्ला अदालतका वैतनिक वकिल शंकर पौडेलले बताए ।
जसमा आरोपीलाई थुनामा राख्ने की नराख्ने भनेर दिने आदेश हुनेछ ।

सो प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्वनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएमा अझै १२ जना फरार छन् ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्