राजधानी दैनिक बन्द !


 


काठमाडौं, असार १ । विगत २३ वर्षदेखि प्रकाशन हुदैँ आएको राजधानी दैनिक पत्रिका बन्द भएको छ ।
पत्रिका यही जेष्ठ २६ गतेदेखि बन्द भएको हो ।

नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाले आज विज्ञप्ति जारी गर्दै पत्रिका बन्द भएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखाका अध्यक्ष ईश्वर विश्वकर्माले बिना सूचना प्रकाशन बन्द गरी पाठकको सूचना पाउने हकको हनन् गरेको भन्दै तत्काल पत्रिका प्रकाशन सुचारु गर्न माग गरेका छन् ।

उनका अनुसार व्यवस्थापन पक्षले पत्रिका बन्द गरेर कार्यरत श्रमजीवी पत्रकार र कर्मचारीलाई समेत राजीनामा एंव बिदामा बस्न दबाब दिदैँ आइरहेको छ ।

अध्यक्ष विश्वकर्माले व्यवस्थापनमा देखिएको किचलो चाँडोभन्दा चाँडो टुंग्याएर तत्काल पत्रिका प्रकाशन सुचारु गर्दै महासंघ र व्यवस्थापकीयबीच भएको सहमतिअनुसार नियमित तलब उपलब्ध गराउन माग राखेका छन् ।

त्यस्तै, पत्रिका प्रकाशनअवरुद्ध भएकोप्रति महासंघ केन्द्र, प्रतिष्ठान शाखा, नेपाल सरकार मातहतका सञ्चार प्रतिष्ठानको नियमनकारी सबै निकायलाई समेत यस विषयलाई गम्भिर रुपमा लिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्