शरणार्थी प्रकरण : रायमाझी र खाँणसहित १६ जना पूर्पक्षका जेल चलान, दुई जना धरौटीमा रिहा


 


काठमाडौं, असार १ । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आज (शुक्रबार) न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि १६ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

इजलासले लक्ष्मी मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्