रास्वपाले असार ७ गते देशभर एकैसाथ घण्टी बजाउने


 


काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसको अवसरमा असार ७ गते देशभर एकसाथ घण्टी बजाउने भएको छ ।

आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ पल्ट घण्टी बजाउन सभापति रवि लामिछानेले आव्हान गरेका हुन् । घण्टी रास्वपाको चुनाव चिन्ह हो ।

यसरी घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्न उनले आग्रह गरे । ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, शनिबार एक भिडियो सन्देशमा लामिछानले भने ।

गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो । मंसिर २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो । २०८० सालमा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्