शरणार्थी प्रकरण : थुनुवालाई ८० रुपैयाँ भत्ता र सात सय ग्राम चामल


 


काठमाडौं, असार २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको छ । उनीहरु सबैलाई त्यहाँको दुई वटा ब्लकमा उनीहरुलाई विभाजन गरेर राखिएको छ ।

कैदी–बन्दीले दैनिक ८० रुपैयाँ भत्ता र सात सय ग्राम चामलको सुविधा राज्यबाट पाउँछन् । उनीहरुलाई पनि सोही सुविधा उपलब्ध हुनेछ । काठमाडौँ जिल्ला अदालतले पूर्णपाठको फैसला नदिँदासम्म उनीहरुले उच्च अदालतमा अपील गर्न पाउने छैनन् । पूर्णपाठ आएपछि उनीहरुले उच्च अदालतमा आफ्नो मुद्दाबारे अपील गर्न पाउने छन् ।

भुटानी शरणार्थी प्रकरणमा ३० जनामध्ये १८ लाई पक्राउ गरी छानबिन अगाडि बढेकामा १६ जनालाई पूर्पक्षका लागि जेल पठाउँदा दुई जना भने धरौटीमा रिहा भएका छन् । लक्ष्मी महर्जन र टंक गुरुङ धरौटीमा रिहा भएका हुन् । १२ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्