Deshko News
१३ आश्विन २०८०, शनिबार

‘कालो मोसो नेपाल’को कार्यालय स्थापना, अध्यक्षसहित ३ जना पक्राउ



काठमाडौं, असार २ । ‘कालो मोसो नेपाल’ नामक संगठन स्थापना गरिएको छ । संस्था स्थापना गरी कार्यालय स्थापना गर्न खोज्दा अध्यक्षसहित ३ जना पक्राउ परेका छन्।

चितवनमा संगठन स्थापनागरि भरतपुर आँखा अस्पताल अगाडि कालोमोसो दस्ताको कार्यालय स्थापना गर्ने क्रममा अध्यक्ष शम्भु थापा, जिल्ला संयोजक नित्या नन्द रिजाल र बागमती प्रदेश संयोजक नवीन गैरे पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार साढे १२ बजे पक्राउ गरेको हो। थापा मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक रहेका थिए।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News