समाजवादी मोर्चा घोषणा सोमबार


 


काठमाडौं, असार २ । समाजवादी मोर्चा घोषणा आगामी सोमबार गरिने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले असार ४ गते मोर्चाको घोषणा हुन लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्रावधिक कारण रोकिन पुगेको थियो ।

चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले त्यसलाई मुर्त रुप दिनका लागि छलफललाई तिब्रता दिइएको जानकारी दिए ।

‘सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिसकेको छ, अब केही प्राविधिक समस्या हल हुने बित्तिकै घोषणा हुनेछ,’ उनले भने ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्