सेयर बजारमा ५२.२६ अंकको वृद्धि


 


काठमाडौं, असार ३ । सेयर बजारमा आज (आइबार) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कारोबार भएको छ ।

३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्