भोलिदेखि काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने


 


काठमाडौं‌, असार ३ । काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ।

‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको बताइएको छ ।

काठमाडौंका मेयर बालेन शाहले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।

तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन । विवादित अंश नहटाइएपछि भोलिदेखि महानगर भित्रका सबै हलहरूमा नगर प्रहरीहरूले भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्नेछ।

यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्