रास्वपाले चियापान कार्यक्रम आयोजना गर्ने


 


काठमाडौं, असार ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकको आज (सोमबार) विहान बसेको संयुक्त बैठकले पार्टी स्थापाना दिवसका अवसरमा असार ७ गते चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रास्वपाका सह—महामन्त्री कविन्द्र बर्लाकोटीले स्थापना दिवसमा विभिन्न दलका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई चियापानमा निमन्त्रण गरिने बताए ।

उनका अनुसार रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा साप्ताहिक कार्यक्रम चलिरहेको छ । आजको बैठकमा ‘नयाँ युगको संकल्प’ नामक पार्टीको सैद्धान्तिक दस्ताबेजबारे छलफल भएको बुर्लाकोटीले बताए ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्