बाँके जिल्ला अदालतको गाडी अत्तरियामा तोडफोड


 


धनगढी, असार ५ । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले बाँके जिल्ला अदालतको गाडी कैलालीको अत्तरियामा तोडफोड गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाँमामा बाँके जिल्ला अदालतको प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालका अनुसार गाडीको पछाडिको सिसा फुटेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सुदूरपश्चिममा केही सातादेखि आन्दोलनरत स्थानीयले आज सरकारी गाडीमा अवरोध गर्ने कार्यक्रम गरेका थिए ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्