अखण्ड भारतको नक्साबारे बुझ्न नेपाली दूतावासलाई निर्देशन


 


काठमाडौं, असार ५ । सरकारले अखण्ड भारतको नक्साबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अखण्ड भारतको नक्साबारे वास्तविकता बुझेर रिपोर्ट बुझाउन नेपाली दूतावासलाई निर्देशन दिइएको जानकारी दिए ।

भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिन्छ । त्यो नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ भने सरकारलाई भारतको प्रतिवाद गर्न दबाव परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्