यौन धन्दा गर्न नमान्दा श्रीमतीको हत्या !


 


धनगढी, असार ४ । भारतमा बस्दै आएका एक नेपालीले यौन धन्दा गर्न नमान्दा विहे गरेको पाँच महिनामै श्रीमतीको हत्या गरिएको आरोप लागेको छ ।

कञ्चनपुर घर भई भारत बस्दै आएका नरेश सेट्टीले यौन धन्दा गर्न नमान्दा श्रीमती २१ वर्षीया निर्मला रावलको हत्या गरेको आरोप लागेको हो ।

बिवाह गरेर यौन व्यवसायमा लगाउन खोज्दा निर्मलाले नमानेपछि श्रीमानलगायतय घरपरिवारले उनको हत्या गरेको मृतकका माइती पक्षले धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

कैलालीको गोदावरी नगरपालिका १० मल्लो खमौरा माइत भएकी उनले २०७९ माग १५ गते ३३ वर्षीय सेट्टीसंग पाँच महिना अघि विवाह गरेकी थिइन् ।

निर्मलाले दुई÷तीन महिनापछि श्रीमान र घर परिवारसंग बस्न असहज भएको बताएकी उनका बुवा कृपालसिंह रावलले जानकारी दिए ।

विबाह गरेपछि कहिलेकाहीँ परिवारमा झगडा हुन्छ परिवारमा मिलेर बस्नु पर्छ भनेर आफूले सम्झाएको भएपनि अहिले हत्या गरिएको उनले बताए ।

गत जेठ ३१ गते विहान ११ बजे निर्मलाले आफ्नी दिदीलाई म्यासेज गर्दै आफूलाई परिवारले मार्न लागेको र यहाँबाट लैजान भनेर आग्रह गरेकी थिइन् ।

दिउँसो २ बजे उनका भाईहरु घर पुग्दासम्म हत्या गरेर शव अस्पतालमा पुर्याएको उनका बुवाले बताए । उनले आफ्नी छोरीले यौन व्यवसायमा लाग्न नमानेकै कारण हत्या गरिएको आरोप लागाएका छन् ।

उनले मृतक निर्मलाका श्रीमान ३३ वर्षीय नरेश सेट्टी, सासु आमा ६४ वर्षिय लक्षमी सेट्टी, मृतककी दिदी सासु ३५ वर्षीय नरमा सेट्टी र ४४ वर्षीय दिपीका सेट्टी भारतमा यौन धन्दा गरेर बस्दै आएका आरोप लगाए । अन्य जागिर नगर्ने र उनको परिवार सबै यौन धन्दाबाटै पैसा कमाउने गरेको मृतकका बुवाको आरोप छ ।।

श्रीमान र परिवारले आत्महत्या गरेको बताए पनि निर्मलाको हत्या गरिएको र घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न मृतकका माइती पक्षको माग छ । मृतक निर्मलाका श्रीमानसहित चार जनालाई कञ्चनपुर प्रहरीले पक्रउ गरेको छ ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्