नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना


 


काठमाडौं, असार ५ । नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।

पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रातिदेखि सरकार पक्षले नै उनलाई वीर अस्पतालमा भर्ना गरिएको हो ।

उनी अझै अनसनमै छन् । डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पुरा नभएसम्म खान नखाने अडान लिएका छन् ।

डिस्चार्ज भएमा पुनः माइतीघरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ । संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो ।

तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनुवाइ हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि शर्माले माइतीघरमा आमरण अनसन सुरु गरेका थिए ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्