सुदूरपश्चिमका कानून मन्त्री सिंह सवार गाडी दुर्घटना, ५ जना घाइते


 


धनगढी, असार ५ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङ चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्रीसिंह सहित ५ जना घाइते भएका छन् । दुर्घटनामा परि मन्त्री सिहंकी श्रीमती अम्रितादेवी सिंह, चालक धर्मराज जोशी, पियसो डम्बर भण्डारी र मन्त्री सिंहका आफन्त जानकीदेवी सिंह घाइते भएका छन् ।

घाइतेहरुको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्