राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया


 


काठमाडौं, असार ५ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालले जानकारी दिएको छ ।

पेसमेकर राख्नका लागि दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्