दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई नेपालगञ्ज लगियो


 


बझाङ, असार ५ । बझाङमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

दुर्घटनाका घाइते चार जनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जानेक्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्