नेप्सेमा दोहोरो अंकको गिरावट


 


काठमाडौं, असार ५ । सेयर बजारमा आज (मंगलबार) पनि दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.५६ अङ्कले घटेर लागेर दुई हजार ६४ दशमलव ८३ विन्दुमा पुगेको छ ।

आज २६८ स्टकको ६३ हजार ९५० पटक कारोबारमा १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रूपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहबाहेकका उपसमूह घटेका छन् । बढेका उपसमूहरूमा लगानी ०.७३, उत्पादन ०.१७ र व्यापार ०।०१ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा बैंकिङ ०।०७, विकास बैंक १.५२, वित्त ३.७०, होटल तथा पर्यटन ०.९७, जलविद्युत २.४६, जीवन बीमा २.७५, माइक्रोफाइनान्स २.१६, म्युचल फण्ड २.०९, नीर्जीवन २.३९, अन्य २.४३ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबार आधारमा निफ्रा शीर्ष स्थानमा छ । उक्त कम्पनीको २० करोड ५७ लाख ५३ हजार ९६१ रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट १९ करोड ४४ लाख २७ हजार हजार, हिमालय डिष्टिलरी १३ करोड ५९ लाख ८८ हजार, आइजिआइ प्रुडेन्सियल १२ करोड ६० लाख ६९ हजार र शिव श्री हाइड्रोपावरको ११ करोड ५७ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

आज तीन कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ । सिटी होटल लिमिटेड, विपिडब्ल्यु लघुवित्त र इङवा हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै युनिक नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्