बझाङ गाडी दुर्घटना : मन्त्री सिंहको अवस्था गम्भीर, पत्नीसहित दुई जनाको मृत्यु


 


काठमाडौं, असार ५ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बझाङ केदारस्युँमा भएको जीप दुर्घटनामा परि मन्त्री सिंहकी श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको केदारस्युँ गाउँपालिकाका–१ का वडाध्यक्ष वीरवहादुर भण्डारीले बताए । उनका अनुसार मन्त्री सिंहको अवस्था भने गम्भिर छ।

गम्भीर घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । मृतकको शव रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा राखिएको छ ।

डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्