प्रतिनिधिसभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने


 


काठमाडौं, असार ६
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्