आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाउ


 


काठमाडौं, असार ६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार चार सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्