सुदूरपश्चिम सरकारका मन्त्रीको शवलाई श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने


 


काठमाडौं, असार ६ । दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई आज (बुधबार) श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने भएको छ।

जेठ ६ गते मात्र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका सिंहको हिजो गृहजिल्ला बझाङ जानेक्रममा सडक दुर्घटनामा परि उनीसहित उनकी श्रीमती र भाउजुको मृत्यु भएको थियो।

उनको पार्थिव शरीरलाई आज श्रद्धञ्जलीका लागि धनगढी रंगशालामा राखिने भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने जनाएको हो।

श्रद्धान्जलीपछि अन्यष्टिका लागि उनको शरीरलाई गृहजिल्ला बझाङ लगिने भएको छ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्