सरकारी कोटामा विदेशिएका कर्मचारी फर्केनन्, बर्खास्त गर्दै सरकार


 


काठमाडौं, असार ६ । सरकारी कोटामा अध्ययन बिदामा पढ्न विदेशिएका झन्डै तीन दर्जन कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ । अध्ययन सकेर स्वदेश फर्किए पनि काममा नफर्किएका र कोही उतै बसेका कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको हो ।

सरकारी कोटामा अध्ययन विदामा विदेशिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद अधिकारीसमेत विगत सात वर्षदेखि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । उनीसहित कृषि मन्त्रालय अन्तर्गतका मात्रै १६ जना कर्मचारी सम्पर्कविहीन भएर बसेका छन् । यसमा अधिकृत स्तरका कर्मचारी धेरै छन् ।

भवन निर्माण विभाग, स्वास्थ्य मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायतका कर्मचारी विदेश गएपनि फर्केनन् । उनीहरुबाट लागेको खर्च असुल गर्दै बर्खास्त गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्