ताप्लेजुङमा दाउराले हानेर श्रीमतीको हत्या


 


ताप्लेजुङ, असार ६ । ताप्लेजुङको सिरिजंघामा श्रीमानले श्रीमतीलाई दाउराले हानेर हत्या गरेका छन् ।

जिल्लाको सिरिजंघा गाउँपालिका– ३ सिकैचाचाको ओदेकका लक्ष्मण चिम्लिङ (रा)ले मंगलबार राति दाउराले हानेर श्रीमतीको हत्या गरेका हुन् ।

३८ वर्षीय राईले ३१ वर्षीया श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

उनका अनुसार राईले मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लागिने बताइएको छ । उनका तीनजना नानीहरू रहेको बताइएका छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्