भीरबाट पाँचसय मिटर तल खस्यो जीप, दुई जनाको मृत्यु


 


बागलुङ, असार ६ । बागलुङमा आज (बुधबार) विहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका–५ ठूलढुंगामा दुर्घटना भएको हो।

जीप सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए । उनका अनुसार दुर्घटनामा कुश्मा नगरपालिका–१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका–१० राङखानी घर भइ बागलुङ नगरपालिका–२ श्रीनगर बस्ने दुर्गा पौडेलको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त जीप र मृतकको शव सडकबाट पाँच सय मिटर तल खोँचमै रहेको उनले बताए। भीर भएका कारण मृतकको उद्दारमा समस्या रहेको उनले बताए।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्