केटिएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’, ९० रूपैयाँमै लुगा


 


काठमाडौं, असार ६ । केटिएम सिटीले समर सिजनलाई लक्षित गरेर ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक गरेको छ।

समर क्लियरेन्स सेल अफरमा ग्राहकहरूले ९० रूपैयाँमा लुगा प्राप्त गर्न सक्नेछन्। यस अफरमा ९० रूपैयाँदेखि सुलभ मूल्यमा समर सिजनका लुगा पाइने कम्पनीको भनाइ छ।

सीमित अवधिका लागि लागू हुने अफरमा अनलाइन र केटिएम सिटीको आउटलेटबाट लुगा किन्न सकिन्छ। नेपाली ब्राण्ड केटिएम सिटीले सुलभ मूल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ।

केटिएम सिटी नेपाल सहित भारत, क्यानडासहित अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार भएको छ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्