जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ


 


काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिका–९ जयन्तीमार्गबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

स्थानीय दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५५ रूपयाँसहित फेला पारी पक्राउ गरको जनाएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्