मेयर बालेनलाई सरकारले सम्झायो अधिकार, ‘स्टन्ट’ नगर्न सुझाव


 


काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा हिन्दी चलचित्र चल्न नदिने गरेको निर्णयप्रति संघ सरकारले प्रतिक्रिया जनाएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मेयर बालेनलाई लक्षित गर्दै सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर अभिव्यक्ति दिनुपर्ने बताइन् ।

उनले ‘आदिपुरुष’का विषयमा सेन्सर बोर्डले काम गरिसकेको भन्दै अरूले ‘स्टन्ट’ गर्न नहुनेमा जोड दिइन् ।

‘सीता नेपालको छोरी हुन् भन्ने कुरामा हामी कसैको दुई मत छैन,’ उनले भनिन्, ‘स्टन्ट र भावना मनोविज्ञानमा खेल्नेभन्दा पनि दीर्घकालीन समाधानको सोचमा जानुपर्छ ।’

परराष्ट्र मन्त्रालयले नै अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्ध कायम गर्ने र छलफल गर्ने निकाय भएकाले त्यसबाटै अघि बढ्नुपर्ने उनले उल्लेख गरिन् । सेन्सर बोर्डले विवादास्पद संवाद हटाएर मात्र नेपालमा प्रदर्शनको अधिकार दिएको कुरा सबैले बुझ्नुपर्ने पनि उनले बताइन् ।

भारतीय चलचित्र ‘आदिपुरुष’मा सीता भारतको छोरी भनिएको भन्दै उक्त संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न नदिने मेयर बालेलेको अडान छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्