एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा


 


काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिकाले एक वर्षमा कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले यस्तो घोषणा गरेका हुन्।

यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने, आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्न, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटेका छन् ।

मेयर बालेनले आज काठमाडौंको नीति तथा कार्यक्रम राष्ट्रिय सभाहलमा प्रस्तुतीकरण गरिरहेका छन् ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्