चीनमा ग्यास विष्फोट हुँदा ३१ जनाको मृत्यु


 


एजेन्सी। चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको विस्फोटका कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सी चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताएका छन्।

यसअघि सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्