Deshko News
१६ आश्विन २०८०, मंगलबार

वार्षिकोत्सवको अवसरमा रास्वपाद्वारा आज चियापान कार्यक्रम आयोजना



काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (बिहीबार) स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टीले दिउँसो १ बजेदेखि ५ बजेसम्म बनस्थलीको पार्टी कार्यालयमा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई चियापनमा आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

मंसिरमा भएको चुनावमा २० सिट जितेको रास्वपाका स्वर्णीम वाग्लेले उप–निर्वाचनमा तनहुँबाट जितेपछि २१ सिट पुगेको छ ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News