दलितले छोएको पानी खान्न भन्ने उपमेयरले मागिन् माफी


 


काठमाडौं, असार ७ । दलित लगायत कसैले पनि छोएको पानी खान्न भनेर सार्वजनिक रुपमा अभिव्यक्ति देखिएको बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले क्षमा मागेकी छिन् ।

गएको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चन्दले आफ्नो बोली र व्यवहारमा कतै जातीय विभेद गर्ने जस्तो आशय महसुस भएको भए उपप्रमुख र नेताको रूपमा माफी मागेको उल्लेख गरिएको छ ।

यसअघि ३२ जेठमा उनले नै जारी गरेको विज्ञप्तिमा आफ्नो गल्ती नभएको बताएकी थिइन् । उक्त विज्ञप्तिमा आफूलाई बदनाम गर्न खोजिएको बताएकी थिइन् ।

चन्दले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त विषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ति जारी गर्दै चन्दलाई कारबाहीका लागि सरकार समक्ष माग गरेको थियो ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्