बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश


 


काठमाडौं, असार ७ । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरे ।

शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेनिकट देखिएका थिए । निर्वाचनपछि एमालेबाट टाढिएका शाह बिहीबार औपचारिकरूपमा रास्वपा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्