बालेनविरुद्ध सिनेमा हल व्यवसायीद्वारा दायर रिटको सुनुवाइ आज


 


काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सिनेमा हल व्यवसायीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदैछ।

हल व्यवसायीहरुले महानगरभित्र हिन्दी फिल्म सञ्चालन गर्न नदिने मेयर बालेन शाहको निर्णयविरूद्ध उच्च अदालत पाटनमा दायर गरेको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ।

बुधबार हलवालाहरूको छाता संगठन चलचित्र संघले महानगरमा आदिपुरूषलगायत हिन्दी फिल्महरू प्रतिबन्ध लगाउने निर्णयपछि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्