उप-प्रारध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको आदेश


 


काठमाडौं, असार ७ । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिएको छ ।

कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको हो । सरकारको निर्णयपछि उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका छन् ।

चलाउनेलाई न्याय माग्दै प्रदर्शनहरु समेत भइरहेका छन् । सर्वोच्चले मुद्दा फिर्ताको कारण पेश गर्न विपक्षीको नाममा आदेश गरेको छ ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्