मन्त्रीले पनि राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा


 


काठमाडौं, असार ७ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका दुलालले विहीबार कार्यकक्षमा उक्त नक्सा राखेका हुन् ।

भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी पनि राखेपछि नेपालमा चौतर्फी आलोचना भइरहेको छ ।

अखण्ड भारतको नक्सापछि ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरूमा आफ्नो कार्यकक्षमा राखेका थिए ।

त्यसपछि विभिन्न पालिकाका जनप्रतिनिधिले पनि बालेनको सिको गर्दै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्