नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन


 


काठमाडौं, असार ७ । नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।

प्राधिकरणले उनीहरुलाई फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै यस्तो कारबाही गरेको जनाएको छ।

प्राधिकरणका अनुसार काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरुले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको हो।

उनीहरुलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्