पूर्वप्रधानमन्त्री चन्दकी पत्नीको निधन


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन भएको छ ।

उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो ।

चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनी उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित थिइन् । दिव्यवेश्वरकी पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्