आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित


 


काठमाडौं, असार १३ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा भएको मत विभाजन प्रक्रियाबाट बजेट बहुमतिले पारित गरिएको हो । मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीले बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपाले भने विपक्षमा मतादान गरेका छन् ।

सभामुखले ध्वनी मतको आधारमा बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेपछि एमालेले मत विभाजनको आधारमा प्रक्रिया अघि बढाउन सभामुखसँग माग गरेको थियो ।

गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसदमा प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्