रवि लामिछानेविरुद्ध दायर रिट खारेज


 


काठमाडौं, असार १३ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरेको रिट खारेज गरेको छ।

लामिछानेविरुद्ध युवराज सफलले दायर गरेको रिट प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशको संवैधानिक इजलासले खारेज हुने फैसला सुनाएको हो। सफलले २०८० जेठ १० गते लामिछाने विरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए।

महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले त्यस विरुद्ध संवैधानिक इजलासमा रिट दिएका थिए। उक्त रिटको औचित्य नभएको भन्दै संवैधानिक इजलासले खारेज गरिदिएको हो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले उक्त आदेश जारी गरेको हो।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्