४४ वर्ष कैद सजाय तोकिएका व्यक्ति १२ वर्षपछि पक्राउ


 


काठमाडौं, असार १३ । सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न रहेको अभियोगमा ४४ वर्ष कैद सजाय तोकिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको छतिवनमा २०६८ असोज २६ गते राति ठुलिकान्छी बललाई गणेश ध्यावा चेतबहादुर भोलन, सूर्य थोकर समेतका अभियुक्तहरुले पालैपालो बलात्कार गरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

सोही घटना फरार भएका थोकरलाई उदयपुरको गाईघाटमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी थुनामा पठाएको छ ।

जिल्ला अदालत मकवानपुरले थोकरलाई विभिन्न अभियोगमा ४४ वर्षको कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्